FAQs Complain Problems

सायल गाउँपालिकाको परिचय

सायल गाउँपालिका डोटी जिलामा अवस्थित छ । । वि.सं. २०७३  सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरे पछि डोटी जिलामा साविकका छपाली, तोलेनी, डौड  र खातिवडा गाविस  मिलाएर सायल गाउँपालिका बनेको हो । सायल गाउँपालिकाको  कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । २०६८ सालको जनगणना अनुसार यो गाउँपालिकाको  कूल जनसङ्ख्या १९,५५१ रहेको छ । यो  गाउँपालिकाको  सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा  बझाङ जिला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका सम्म फैलिएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.